×

बारा । बाराको कलैयामा आज रक्तदान कार्यक्रमको सम्पन्न भएको छ ।

रक्तसंचार केन्द्र वीरगञ्जको प्राविधिक सहयोगमा कलैया नगर एकता सहयोगी समुहले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । सहयोगी समुहको १० औं बार्षिकोत्सवको अवसरमा कलैया राजदेवी मन्दिर प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

रक्तदान कार्यक्रमको उदघाटन नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादवले गरेका थिए । रक्तदान कार्यक्रममा ५ जना महिला सहित ५२ जनाले रक्तदान गरेको रक्त संचार केन्द्र वीरगञ्जका संयोजक धिरेन्द्र झाले जानकारी गराए ।

रक्तदान कार्यक्रममा गोपाल सेवा समितिका अध्यक्ष जङ्गबहादुर यादव, नेपाली कांग्रेस क्षेत्र नम्बर-४ ख का सभापति लोकेश सिंह, क्षेत्र नम्बर-३ का सहसचिव नाजिर अंसारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम योगेन्द्र कुश्वाहाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Back to top