×

वीरगञ्ज । राष्ट्रिय एकता अभियानले कास्कीमा सङ्गठन विस्तार गरेको छ । सङ्घीय हिन्दु गणतन्त्र नेपालको स्थापनाको लागि सक्रिय अभियानले कास्की जिल्लामा १५ सदस्यीय कार्यकारिणी समिति गठन गरेको हो ।

समितिको अध्यक्षमा सुनिल मर्सिनि चयन भएका छन् भने उपाध्यक्षमा टिका कुमारी छिरिङ र सचिवमा अनुपमणि अधिकारी चयन भएका छन् । अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको उपस्थितिमा कास्की जिल्ला कमिटी गठन गरिएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष यादवले हिन्दु धर्म नै राष्ट्रिय एकताको मूल मन्त्र भएको उल्लेख गरे । राष्ट्र र राष्ट्रियता जोगाउन नेपाललाई हिन्दु गणराज्य घोषणा गर्नु पर्नेमा उनले जोड दिए । नेपाललाई धर्मनिरपेक्ष देश घोषणा गर्दा राष्ट्रिय एकता कमजोर भएको समेत उनको बुझाई छ ।

पोखरा अंतराष्ट्रीय विमानस्थलमा अंतराष्ट्रीय व्यवसायिक विमान यथाशीघ्र  संचालनको व्यवस्था गर्नु पर्ने उनले माग गरे । पोखरा विमानस्थललाई चीनले बिआरईसङ्ग जोडेर अंतराष्ट्रीय रुपमा भ्रम फैलाएकोप्रति अभियानले आपत्ती जनाएको छ । 

त्यसको तत्काल खंडन र चीनलाई कूटनीतिक नोट नेपाल सरकारले नपठाउँदासम्म अंतराष्ट्रीय समुदाय एयरपोर्ट प्रतिको सन्देह नहट्ने उनले बताए । एयरपोर्टमा भएको भ्रस्टाचारीहरुलाई कारवाहीको दायरामा नल्याएसम्म आफुहरुको आंदोलन जारी रहने पनि उनले चेतावनी दिए । 

कार्यक्रममा पूर्व राज्य मन्त्री तथा नेपाली काँग्रेसका नेता महादेव गुरुङ  लगायत अभियानका पदाधिकारी तथा सदस्य एवम् समर्थकहरुको उपस्थिती रहेको थियो । 
 

Back to top