×

वीरगञ्ज । वीरगञ्ज जैन धर्मावलम्बी आचार्य श्री महाप्रज्ञको १५ औ महाप्रयाण दिवस वीरगञ्जमा पनि मनाइएको छ । 

जैन श्वेताम्बर तेरापंथी सभाले तेरापंथ भवनमा एक कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो । दिवसको अवसरमा आयोजित कार्यक्रममा समणी डा. ज्योति प्रज्ञाले अध्यात्मिक मंतव्यसँगै धार्मिक प्रबचन दिएका थिए । अध्यात्मले नै मानिसले सुख र खुशीको प्रत्याभूति गराउने उनको भनाई थियो । अहिलेको अवस्थामा अध्यात्मीक ज्ञानको खाँचो बढ्दै गएको पनि उनले बताए । 

कार्यक्रममा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका दूत देवी सहाय मीणाले उपदेश जति सुनेपनि सुनीरहुँ लाग्ने बताए । अहिलेको पुस्तामा धैर्य, प्रतिक्षा तथा निरन्तरता दिन नसक्ने अवस्था प्रति चिन्ता व्यक्त गर्दै उनले अध्यात्मले सबै समस्याको समाधान हुने धारणा राखे । 

समाजसेवी एवं नेपाल तेरापंथ समाजका बरिष्ठ उपाध्यक्ष अशोक कुमार वैद्यले महाप्रज्ञको जीवनी र स्वभावका बारेमा चर्चा गरेका थिए । साथै महाप्रज्ञको योगदानका बारेमा पनि प्रष्ट पारे । महाप्रज्ञले संस्कृत, हिंदी, अंग्रेजी लगायतका भाषामा तीन सय बढी पुस्तक लेखेको पनि वैद्यले जानकारी गराए । 

निर्मल सिंघीले स्वागत  मंतव्य राखेको कार्यक्रममा बरिष्ठ पत्रकार चन्द्रकिशोर झाले  जैन धर्मका मुख्य विशेषताहरूको विश्लेषण गरेका थिए । 
 

Back to top