×

वीरगञ्ज । राष्ट्रिय मुक्ति अभियान, पोखरियाका नेजामुद्दीन समानीले पोखरियामा मालपोत, नापी, भूमिसुधार तथा जिल्ला प्रशासन कार्यालयका सेवा केन्द्र स्थापना गर्नुपर्ने मागप्रति प्रदेश तथा सङ्घीय सरकारले बेवास्ता गरेको भन्दै शुक्रवारदेखि विरोधका कार्यक्रम शुरू गरेका छन् ।

सदरमुकाम वीरगञ्ज जिल्लाको एउटा कुनामा रहेको र सम्पूर्ण सरकारी कार्यालय वीरगञ्जमा रहेकाले ग्रामीण भेगका जनतालाई निकै अप्ठेरो भएको भन्दै समानीले सेवा केन्द्रहरू पोखरियामा स्थापना गर्नुपर्ने माग गर्दै आजदेखि सङ्घर्षका कार्यक्रम अन्तर्गत पहिलो दिन प्रचारप्रसारबाट सुरुआत गरेको बताए ।

पर्सा जिल्लाको मध्य भागमा रहेको दोस्रो सदरमुकाम पोखरिया नगरपालिकामा सय शयाको अस्पताल, मालपोत, नापी, भूमिसुधार तथा जिल्ला प्रशासन कार्यालयका सेवा केन्द्र हुनुपर्ने माग राख्दै विगतमा पटकपटक आन्दोलन गरे पनि हालसम्म बेवास्ता भएको भन्दै समानीले  प्रचारप्रसार कार्यक्रम शुरू गरिएको बताए ।

उनले सङ्घ र प्रदेश सरकारले आफूहरूको मागप्रति सुनवाइ नगरे थप सङ्घर्षका कार्यक्रम गरिने चेतावनी दिए ।

Back to top