×

इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ सिजनको ५२औँ खेलमा आज रोयल च्यालेन्जर्स बैंगलुरुले गुजरात टाइटन्सको सामना गर्दैछ । खेल बैंगलुरुको घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा साँझ ७:४५ बजेबाट सुरु हुनेछ । 

बैंगलुरु अंक तालिकाको अन्तिम स्थानमा छ । यदि टोलीले आज हार्‍यो भने आइपिएलको प्लेअफको दौडबाट बाहिरिने छ । 

  • हेड टु हेडमा बराबर

दुवै टोली हेड टु हेड बराबरीमा छन् । यी दुई टोलीबिच अहिलेसम्म ४ वटा खेल भइसकेका छन् । जसमध्ये बैंगलुरुले २ खेल जितेको छ भने गुजरातले पनि २ खेल जितेको छ । दुई टोलीबिचको अन्तिम खेल यस सिजन अहमदाबादमा भएको थियो, जहाँ बैंगलुरु ९ विकेटले विजयी भएको थियो।

  • विदेशी खेलाडीको फर्म फर्किए

बैंगलुरु फर्मका साथ खेलमा प्रवेश गर्नेछ। उसले पछिल्लो दुई खेल जितेको छ । विल ज्याक र क्यामरुन ग्रिनजस्ता विदेशी खेलाडीको राम्रो प्रदर्शनले टोलीको मनोबल बढेको छ । टोलीका विराट कोहलीले १० खेलमा सर्वाधिक ५ सय रन बनाएका छन् । यसमाचा चार अर्धशतक र एक शतक सामेल छन् ।

तर पनि टोलीको बलिङ भने चिन्ताको विषय बनेको छ । बलर महँगो साबित भएका छन् । मोहम्मद सिराज पनि फर्ममा छैनन् । आजको खेल जित्न टोलीले राम्रो बलिङ गर्नुपर्नेछ। बैंगलुरुका लागि यश दयालले सर्वाधिक ८ विकेट लिएका छन् ।

  • गुजरातको मध्यक्रमले रन बनाउनु पर्ने दबाब

लगातार पराजय भोगेपछि जीटीले अझ राम्रो प्रदर्शन गर्नुपर्नेछ। ओपनर शुभमन गिल र साई सुदर्शनले ब्याटिङमा राम्रो प्रदर्शन गरिरहेका छन् । तर, मध्यक्रम र तल्लो क्रमका ब्याट्सम्यानले ठुलो इनिङ्स खेल्नुपर्छ । साई सुदर्शनले सर्वाधिक ४१८ रन बनाएका छन् ।

योसँगै स्टार स्पिनर राशिद खानले बलिङमा प्रभाव पार्न जरुरी छ । उनले १० खेलमा ८ विकेट मात्रै लिन सकेका छन् । राशिदसँगै उमेश यादव र मोहित शर्मा जस्ता फास्ट बलर पनि अगाडि आउनु पर्ने हुन्छ ।

  • मौसम

बैंगलुरुमा यतिबेला निकै गर्मी छ । पानी पर्ने कुनै सङ्केत छैन । शनिबार साँझ तापक्रम लगभग २८ डिग्री हुनेछ। आकाश सफा रहने र आर्द्रता ३५ प्रतिशतको हाराहारीमा रहनेछ ।

  • पिच रिपोर्ट

बैंगलोरको एम चिन्नास्वामी स्टेडियमको पिच ब्याट्सम्यानका लागि राम्रो हुनेछ। यो पिचमा ठुलो स्कोर बन्ने सम्भावना धेरै छ। टस जित्ने टोलीले पहिले ब्याटिङ गर्नेछ ।

  • दुवै टोलीका सम्भावित प्लेइङ इलेभेन

रोयल च्यालेन्जर्स बैंगलुरु - फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, विल ज्याक, रजत पाटीदार, क्यामरुन ग्रीन, ग्लेन म्याक्सवेल, दिनेश कार्तिक (विकेटकिपर), स्वप्निल सिंह, मोहम्मद सिराज, कर्ण शर्मा र यश दयाल।

इम्प्याक्ट प्लेयर- अनुज रावत, महिपाल लोमर

गुजरात टाइटन्स- शुभमन गिल (कप्तान), ऋद्धिमान साहा (विकेटकिपर), साई सुदर्शन, डेभिड मिलर, शाहरुख खान, राहुल तेवाटिया, अजमातुल्लाह ओमरजाई, राशिद खान, आर साई किशोर, नूर अहमद र मोहित शर्मा।

इम्प्याक्ट प्लेयर – उमेश यादव, दर्शन नलकन्दे

Back to top