×

वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित भरत चौकमा रहेको श्री गढीमाई एम्पोरियमले १६ औँ वार्षिकोत्सव मनाएको छ । एम्पोरियममा कार्यरत कर्मचारीलाई सम्मान गर्दै एम्पोरियमले वार्षिकोत्सव मनाएको हो । 

पसलका प्रोपोराइटर सन्तोषकुमार स्वर्णकारका अनुसार वार्षिकोत्सवको अवसरमा कर्मचारीलाई प्रोत्साहनका लागि सम्मान कार्यक्रम गरिएको हो । साथै वार्षिकोत्सवकै अवसरमा सामान खरिद गर्ने ग्राहकलाई १० देखि ३० प्रतिशतसम्म विशेष छुटको व्यवस्था रहेको पनि स्वर्णकारले बताए । 

कार्यक्रममा नेपाली कांग्रेस बाराका सचीव भैयाराम यादव, बैद्यनाथ यादव, नवराज यादव, एयरकोन नेपालका सेल्स इन्जिनियर राजिव साह कलवार, संजय कुमार स्वर्णकार, राकेश साह सोनार लगायतको उपस्थिति रहेको थियो ।

गढीमाई एम्पोरियममा सामसुङ, हिमस्टार कम्पनी, एलजी कम्पनी, भिडियो कन, सामसुङ कम्पनीको टिभी, फ्रिज, वासिङ् मेशिन, मोबाइल, एसि, यासुदा कम्पनीको समान लगायतका सबै खाले इलेक्ट्रोनिक समानहरु थोक तथा खुद्रा मूल्यमा उपलब्ध छन् । 
 

Back to top