×

इलाम । इलाम–२ मा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले १३ हजार ९०० मत प्राप्त गरेका छन् ।

पछिल्लो मत परिणाम अनुसार कुल ३४ हजार २६ सदर मत गणना सम्पन्न हुँदा सम्म नेम्वाङले १३ हजार ९०० मत प्राप्त गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एवं काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ८ हजार ९१४ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ८ हजार २८५ मत प्राप्त गरेका छन् ।

यसै गरी रास्वपाका मिलन कुमार लिम्बुले १ हजार ९४५ मत मात्रै पाएका छन् ।

Back to top