×

इलाम । इलाम–२ को उपचुनावअन्तर्गत जारी मत गणनामा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ ।

एमाले उम्मेदवार नेम्वाङले अहिलेसम्म ९४८४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डम्बर खड्काले ६६३१ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेका मुढा चुनाव चिह्न भएका डकेन्द्रसिंह थेगिमले ५९५१ मत ल्याएका छन् ।

चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । रास्वपाका उम्मेदवार मिलन योङ्हाङ लिम्बूले १४०१ मत प्राप्त गरेका छन् ।

इलाम–२ मा शनिवार उपनिर्वाचन भएको थियो । यहाँ एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले शनिवार मतदान गरेका थिए ।

Back to top