×

वीरगञ्ज । इलाम–२ मा सुरु भएको मत गणना कार्यको प्रतीक्षामा यति बेला मत गणना स्थल भरिएको छ ।

गणना स्थल गौतम बुद्ध सभा गृहको बाहिर नतिजा पर्खेर मतदाता, राजनीतिक दलहरू पर्खिरहेका छन् । दिउँसो १२ बजे सुरु भएको मतगणनाको पहिलो नतिजा आइसकेको छ ।

प्रारम्भिक नतिजामा काँग्रेसका नम्बर खड्काले अग्रता लिएका छन् । उनले ६५७ मत ल्याएका छन् । एमालेका सुहाङ नेम्वाङले ५३४ मत पाउनुभएको छ भने स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १२७ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङले ११५ मत पाउँदा राप्रपाका लक्ष्मी गुरुङले ४ मत पाएका छन् ।

Back to top