×

फाइल तस्बिर ।

वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिकाले सोमबार शोक बिदा दिएको छ । कर्मचारीको निधन भएपछि उपमहानगरपालिका कार्यालयले शोक मनाउन सोमबार बिदा दिएको हो ।

आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै कलैया उपमहानगरपालिकाले नगर कार्यपालिकाको कार्यालय, मातहतका वडा, शैक्षिक तथा स्वास्थ्य संस्था र अन्य कार्यालयहरूमा सोमबार शोक बिदा दिइएको जनाएको छ ।

उपमहानगरपालिकाको पशु शाखामा कार्यरत पशु सेवा प्राविधिक सहायक चौथो तहका कर्मचारी बिशेन्द्र कुमार यादवको निधन भएकोले सोमबार शोक बिदा दिइएको विज्ञप्तिमा उल्लेख छ ।

पशु सेवा प्राविधिक सहायक यादवको हिजो शनिवार निधन भएको थियो । उनको आज अन्त्येष्टि गरिने भएको छ ।

Back to top