×

गुगलले प्रमाणित क्लाउड पियरिङ परिचय गराउन इन्टरनेट सेवा प्रदायकहरुसँग काम गर्ने भएको छ।

कम्पनीले आफ्नो क्लाउड पियरिङ सेवालाई सेवाको गुणस्तरका लागि पूर्व क्लियर गरिएको इन्टरनेट सेवा प्रदायकमार्फत साइनपोस्ट प्रमाणित लेनहरूमा विस्तार गर्दैछ।

प्रमाणित पियरिङ प्रदायक कार्यक्रम गुगलको अवस्थित डाइरेक्ट पियरिङ सेवाको एउटा शाखा हो, जसले क्यारियर-ग्रेड नेटवर्कहरूमा समर्पित एज टू क्लाउड लेनहरू सक्षम गर्दछ।

यसले  गोल्डेन टियरको गुगल भेरिफाइड पियरिङ्ग प्रोभाइडर ब्याज आईएसपीहरुका लागि प्रदान गर्दछ, जसले  गुगल क्लाउड ग्राहकहरूलाई प्रत्यक्ष पियरिङको सरल विकल्प प्रदान गर्दछन।

हाल डच टेलिकोम, भोडाफोन, केडीडीआई, एटी एण्ड टी, लुमेन लगायतका कम्पनीहरुलाई गुगल भीपीपी ब्याज प्रदान गरेको छ।

प्रमाणित पियरिङ प्रदायक कार्यक्रमले सहभागी इन्टरनेट सेवा प्रदायकहरू (ISPs) मार्फत गुगलसँग प्रत्यक्ष पियरिङको आवश्यकतालाई हटाउँदै, सार्वजनिक रूपमा उपलब्ध सबै गुगल क्लाउड स्रोतहरूमा पहुँच सक्षम बनाउँछ। टेक्नोलोजी खबरबाट

आईएसपीहरुले गुगलको नेटवर्कमा बलियो र विविध कनेक्सन देखाउनुपर्छ। कार्यक्रममा गोल्डेन, सिल्भर र ब्रोन्ज गरी तीनओटा विभिन्न तहहरू छन्।

Back to top