वीरगञ्ज । छिमेकी देश चीनले नेपालीलाई भिसा शुल्क नलिने भएको छ।
आगामी मे १ तारिखबाट नेपालीलाई यसअघि लिइँदै आइएको भिसा शुल्क नलिने नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिएको छ।
नेपाल र चीनबिचको सम्बन्धलाई थप प्रगाढ बनाउन भिसा शुल्क नलिने घोषणा गरेको दूतावासले जनाएको छ।
भिसा शुल्क नलिए पनि एक्सप्रेस शुल्क २७ सय र सेवा शुल्क भने ४ हजार नेपाली रुपैयाँ लाग्नेछ।
नेपालले भने चिनियाँ नागरिकलाई यसअघि पनि भिसा शुल्क लिने गरेको थिएन।
सन २०२४ मे १ तारिखबाट नेपालीलाई भिसा शुल्क नलिने नियम लागू हुनेछ।