×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । जनकपुरधामको रामानन्द चोकस्थित होटेल होलिडे एन्ड गेस्ट हाउसमा महिला र एक युवक झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।

होटेलको कोठा नम्बर २०५ बाट बिहान ११ बजेको करिबमा चुकुल लगाएको अवस्थामा उनीहरू एकसाथ झुन्डिएको अवस्थामा फेला परेको धनुषा प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) रञ्जन अवाले जानकारी दिए ।

आज बिहान ११ बजेतिर कोठा नम्बर २०५ मा दुबै जना पासोमा झुन्डिएर मृत अवस्थामा भेटिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए । कोठा भित्र एक बालिका रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा सलको पासोमा झुन्डिएका थिए ।

महोत्तरीको पिपरा गाउँपालिका – ३ का ३१ वर्षीय हितेन्द्र पासवान र माइत पिपरा नै भएकी महोत्तरीको लोहारपट्टी नगरपालिका – ४ खट्टाकी अन्दाजी २५ वर्षीय प्रियङ्का कापर झुन्डिएको अवस्थामा भेटिएका हुन् । कोठामा रहेकी बालिका प्रियङ्काकी अढाई वर्षकी छोरी हुन् । उनी सकुशल रहेको डिएसपी अवाले बताए ।

डिएसपी अवाका अनुसार प्रियङ्का छोरीलाई लिएर युवकसँग ३-४ दिनदेखि होटेलमा बसिरहेकी थिइन् । ‘युवकका आफन्त खोज्दै होटेल पुगेका थिए,’ डिएसपी अवाले भने, ‘कोठामा भित्रबाट चुकुल लागेको थियो । बच्चा कराउन थालिन् । त्यसपछि युवकका अभिभावकले हामीलाई खबर गरे ।’

प्रहरीले ढोका फुटाएको थियो । युवकसँग ती महिलाको विवाहेत्तर सम्बन्ध हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आफ्नो अभिभावक खोज्दै त्यहाँ पुगेपछि आत्महत्या गरेको हुनसक्ने डिएसपी अवाले बताए ।

Back to top