×

सेन्ट्रल अफ्रिकन रिपब्लिकको राजधानी बान्गुईको मपोको नदीमा डुङ्गा डुब्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

ओम्बेल्ला–म्पोको प्रान्तको बिम्बोको कम्युनमा रहेको मोकेलो गाउँतर्फ जाँदै गरेको एउटा डुङ्गामा ३ सय भन्दा बढी मानिस चढेका थिए । बालबालिका र महिलासहित धेरै घाइते छन् भने धेरै बेपत्ता छन् ।

नौसैनिक र जेंडरमेरी बलहरूले बेपत्ताको खोजी जारी राखेका छन् । प्रत्यक्षदर्शीका अनुसार डुंगामा बढी मानिस चढेका कारण डुबेको हो ।

Back to top