×

धेरै वर्षदेखि भान्सामा फलामको कराई प्रयोग हुँदै आएको छ । पुरानो समयका मानिसहरू पनि दाल र तरकारी कराईमा पकाउने गर्थे । यसमा बनाइएको तरकारी र दाल स्वादिलो मात्र नभएर स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ ।

आजकल, खाना पकाउन फलामको कराई प्रयोग गर्ने थोरै मात्र छन् । फलामको भाँडामा पकाएको खानेकुरा खाने कि नखाने भन्ने अन्योलमा धेरैजना छन्, तपाईं पनि अन्योलमा हुनुहुन्छ भने यो आज हामी फलामको कराईमा खाना पकाएर खाँदा हुने फाइदा बारे जान्ने छौँः–

फलामको भाँडामा पकाएको खाना खाँदा शरीरमा आइरनको मात्रा बढ्छ । शरीरका लागि आइरन निकै महत्त्वपूर्ण मानिन्छ । यसले अक्सिजनको स्तर बढाउँछ, उर्जावान बनाउँछ, यसको साथै रोग प्रतिरोधी क्षमतालाई बलियो बनाउन पनि धेरै फाइदाजनक हुन्छ ।

फलामको भाँडामा पकाएको खाना खाँदा रक्तअल्पताबाट बच्न सकिन्छ । यसमा बनाइएको खाना खाँदा दिनभर उर्जावान महसुस हुन्छ र यसले क्याल्सियमको कमीलाई पनि पूरा गर्छ ।

यी कुराहरुलाई ध्यानमा राख्नुहोस्

फलामको कराईमा अमिलो प्रकारका खाना पकाउनबाट भने जोगिनुपर्छ । जस्तै तपाईंले यसमा कागती निचोर्नबाट जोगिनुपर्छ । यसो गर्दा स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ । कराईलाई राम्रो सँग सफा गर्ने र सफा स्थानमा राख्ने कुरामा भने ध्यान राख्नुपर्छ । फलामका भाँडामा खिया लाग्ने भएकोले कुनै पनि चीज बनाउनु अघि यसलाई एक पटक धोएर मात्र प्रयोग गर्नुहोला ।

Back to top