×

वीरगञ्ज । नेपालमा बिक्रिवितरण सुरु भएको ७ महिनाकै अवधिमा बीवाइडी डल्फीनले ग्राहकलाई आकर्षित गरेको छ । ७ महिनामा ७०१ यूनिट बीवाइडी डल्फीन आयात हुनु पनि ग्राहकको मन जित्नुको आधार हो । 
मूल्य र फिचरका कारण पनि डल्फीन अधिकांश ग्राहकको रोजाईमा पर्ने गरेको छ । 
भदौ अन्तिम साता भएको नाडा अटो शोमा बुकिङ खुल्ला भएको डल्फीन तिहारको आसपासबाट ग्राहकलाई बितरण सुरु भएको थियो । बिक्री सुरु भएको छोटो समयमा नै डल्फीनले धेरैको मन जित्न सफल भएको छ । 

बीवाइडी डल्फीनको लम्बाई ४२९० एमएम, चौडाई १७७० एमएम र उचाई १५७० एमएम रहेको छ । प्रिमियम ह्याचव्याक सेग्मेन्टमा उपलब्ध कार मध्ये यसको साइज ठूलोमा पर्छ ।

डल्फीन ह्याचव्याकमा ४४.९ किलोवाट आवर क्षमताको बीवाइडीको ब्लेड ब्याट्री रहेको छ । यसलाई सिंगल चार्जमा ३४० किलोमिटर गुडाउन सकिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसमा ७० किलावाटको इलेक्ट्रीक मोटर छ ।

इलेक्ट्रीक ह्याचब्याक डल्फीनले ६० किलोवाट क्षमताको डिसी फास्ट चार्जर सपोर्ट गर्छ । एसी चार्ज भने ७ किलोवाटसम्मको प्रयोग गर्न सकिन्छ । आकर्षक ग्लोज अफ ग्रिल, सबै एलइडी लाइट प्रयोग भएको डल्फीनमा १६ इन्चको अलोय ह्वील पाउन सकिन्छ ।

साइमेक्स इंकले यसको मूल्य ३९ लाख ८० हजार रुपैयाँ निर्धारण गरेर बिक्री गर्दै आएको छ । आकर्षक मूल्यसँगै एडास फिचर सहितको सुरक्षा फिचर उपलब्ध कारले ग्लोबल एनक्याप क्र्यास टेष्टमा फाइभ स्टार रेटिङ पाउन सफल भएको छ ।

विद्युतीय कारलाई ८० प्रतिशतसम्म फाइनान्स सुविधा उपलब्ध छ । यसको मतलव ८ लाखभन्दा कम डाउन पेमेन्ट गरेर नै डल्फीन खरिद गर्न सकिन्छ । तर, थोरै डाउन पेमेन्ट गर्दा धेरै ब्याज तिर्नु पर्ने भएको कारण धेरै मानिसले ५० प्रतिशतसम्म डाउन पेमेन्ट गर्ने गरेका छन् । धेरै डाउन पेमेन्ट गर्दा ब्याज कम तिर्दा पुग्छ । अर्कोतर्फ मासिक किस्ता समेत कम पर्छ ।

अहिले डल्फीन किन्नेलाई ९.५ प्रतिशत ब्याजदरमा नै कर्जा सेवा उपलब्ध छ । कर्जा अवधि ७ वर्षको हुने भएको कारण ५० प्रतिशत रकम डाउन पेमेन्ट गर्दा मासिक किस्ता कम पर्छ ।
 

Back to top