×

वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जको महाविरस्थान स्थिा एक गोदाममा छापामारी गरेको छ । महाबिरस्थान नजिकै रहेको पम्पम बिलडिङस्थित एक गोदाममा प्रहरीले छापामारी गरेको हो । पम्पम बिलडिङको ४ वाटा कोठामा भन्सार छलीका विभिन्न ब्राण्डको कपडा भाण्डारण गरिएको थियो । 

उक्त गोदामबाट ठूलो परिमाणमा भन्सार छलीका कपडा फेला परेको प्रहरीले जनाएको छ । धेरै परिमाणमा कपडा बरामद भएपछि प्रहरीले छापामारी गरेको हो । पम्पम बिलडिङको भवनमा रहेको विभिन्न गोदामबाट सुट, पाइन्ट, कुर्ता, सुरुवाल, साडीसहितका धेरै परिमाणमा थानका कपडा बरामद भएको हो ।

वीरगञ्जको महाविरस्थान नजिकै पम्पम बिल्डीङ्मा तस्करीका कपडा भण्डारण गरिएको गोदाममा छापामारी गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले पुष्टि गरे ।

उनकाअनुसार विभिन्न कपडा व्यापारीहरुले तस्करी गरी मगाउने कपडा सोही गोदाममा भण्डारण गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । 
 

Back to top