×

वीरगञ्ज । नेपाल ‘ए’ बाट क्रिकेट खेलेका वीरगञ्जका रन्जित कुमारलाई वीरगञ्ज इन्स्च्यिुट अफ टेक्नोलोजी (बिआईटी) इन्जीनियरींग कलेजले प्रायोजन गरेको छ ।  

वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी १७ वर्षीय रन्जितलाई यातायात तथा व्यक्तिगत खर्च स्वरुप ५ वर्षका लागि बिआईटी कलेजले प्रायोजन गरेको हो । वीरगञ्जकै माटोमा जन्मिई हुर्किएर राष्ट्रिय टिमबाट खेल खेल्ने रन्जितलाई प्रोत्साहनस्वरुप प्रायोजन गरेको बिआईटी कलेजका प्रिन्सीपल निरज श्रीवास्तवले बताए । 

उनले भने, ‘हामीले खेल र खेलाडीलाई प्रोत्साहन गर्नका लागि सानो प्रयास गरेका हौँ । उहाँको लागि कतै खेल खेल्न तथा अभ्यासका लागि आवतजावतमा हुने यातायात तथा खाजा  लगायतका खर्च ५ वर्षसम्म कलेजले व्यहोर्ने छ । यसबाट अरुलाई पनि राम्रो खेल्न र अझै मेहनत गर्नका लागि प्रेरणा मिल्छ भन्नेमा म विश्वस्त छु ।’ 
 

Back to top