×

वीरगञ्ज । पर्सामा चालु आर्थिक बर्षको ८ महिनामा ट्राफिक नियम उल्लंघन गरेका सवारीसाधनलाई गरिएको कारबाहीबाट ट्राफिक प्रहरीले एक करोड ५० लाख रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार, गत साउनदेखि गत फागुनसम्म ८ महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गरेका १५ हजार ५ सय ९१ सवारीसाधनलाई कारबाही गरिएको र त्यसबाट १ करोड ५७ लाख ६९ हजार ६ सय ६ रुपैयाँ जरिवाना असुल गरिएको हो ।

मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने, सरकारले निर्धारण गरेको भन्दा बढी भाडा लिने, तोकिएको मापदण्ड बढी तौलको मालवस्तु बोक्ने (ओभरलोड गर्ने), सवारी साधनको आवश्यक कागजपत्र र सवारी चालक अनुमतिपत्र नबोक्ने, ट्राफिक नियम उल्लंघन गरेर सवारीसाधन चलाउने १५ हजार ५९१ सवारीसाधनलाई कारबाही गरि जरिवाना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले बताए ।

उनका अनुसार चालु आर्थिक बर्षको ८ महिनामा ६ हजार ४ सय २५ वटा ट्रकलाई कारबाही गरी ८८ लाख १९ हजार २ रुपैयाँ, १ सय ३२ बसबाट १ लाख ३० हजार ५ सय रुपैयाँ, १ हजार ३ सय २४ कार–जिपबाट १ करोड २० लाख २ हजार ५ सय ५३ रुपैयाँ, २ सय ४४ वटा ट्याक्टरबाट १ लाख ९० हजार रुपैयाँ, ७ हजार १२ वटा मोटरसाइकललाई कारबाही गरी ४९ लाख ८० हजार ५१ रुपैयाँ जरीवाना संकलन गरिएको खतिवडाले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले गत आर्थिक बर्ष २०७९/८० को उक्त अवधिमा ट्राफिक प्रहरीले सवारीसाधनलाई कारबाही गरी १ करोड ८९ लाख १२ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको थियो ।

Back to top