×

वीरगञ्ज । होली पर्वको मौका छोपेर वीरगञ्ज बजारमा घुमुवा प्रहरी भन्दै रकम असुल्दै गरेको आरोपमा २ जना प्रहरीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी हवल्दार कृष्ण महतो र जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत वरिष्ठ हवल्दार धिरेन्द्र महतो रहेका छन । प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुबै जना पर्सा प्रहरीको घुमुवा प्रहरी भन्दै रकम असुल्दै आएका थिए । 

पक्राउ परेका उनीहरूको पर्सामा दरबन्दी नरहेको र बिदाको समयलाई मौका छोपेर घुमुवा प्रहरी भन्दै कबाडको पसलबाट रकम असुल्ने क्रममा पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता कुमार बिक्रम थापाले बताए ।

घुमुवा प्रहरी भनेर रकम उठाउदै आएको आरोपमा पक्राउ परेका दुबै जना प्रहरीको साथबाट नगद रकम पनि बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जना प्रहरी विरुद्ध अपराधीक लाभ कसुर अन्तर्गत मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रबक्ता थापाले बताए ।


 

Back to top