×

वीरगञ्ज,  १२ बैशाख ।  नेकपा माओवादी केन्द्रका युवा नेता सन्तोष पटेलले पर्साको धोबिनी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । गाउँपालिका परिक्रमा गर्दै नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा पटेलले मनोनयन दर्ता गराएका हुन् । 

धोबिनी गाउँपालिकाको कार्यालयमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पटेलले नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । गाउँपालिकामा परिवर्तन गर्नका लागि जोश र जाँगरसहितको युवा नेतृत्वको आवश्यक्तालाई मध्यनजर गर्दै आफुले उम्मेदवारी दिएको पटेलले बताए । 

गाउँपालिकाबासीले पनि युवाले उम्मेदवारी दिनुपर्ने माग गरे बमोजिम गाउँपालिकाको बिकास र गाउँबासीको सुख दुःखमा साथ साथ दिने जनताको माझमा भिजेको नेतृत्व जनताले खोजीरहेको पटेलको भनाई छ । 

धोबिनीमा अस्तव्यस्त बिकास र भ्रष्टाचार तथा कमिशनको प्रवृतिलाई अन्त्य गरेर सुशासन एवम् समृद्धिका लागि नेकपा माओवादी केन्द्रले नै जित्नुपर्नेमा पटेलले जोड दिएका छन् । 
 

Back to top