×

वीरगञ्ज, ६ बैशाख ।  वीरगञ्ज महानगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेबाट बर्तमान मेयर बिजय कुमार सरावगीले पुनः लड्ने तयारी गरेपछि नगबासी उनलाई दोहो-याउने पक्षमा देखिदैनन् । दश गुणा कर बढाएका कारण वीरगञ्ज महानगरबासीले सरावगीलाई पुनः अवसर नदिने प्रतिक्रिया दिन थालेका छन् । 

गत निर्वाचनमा झुठको पोलिन्दा बाँधेर मेयरमा निर्वाचित भएका सरावगीको कार्यकालदेखि नगरबासी असन्तुष्ट रहेका छन् । असन्तुष्ट हुनुको पछाडीका कारण सरावगीले नै गत निर्वाचनताका गरेका प्रतिबद्धताहरु हुन् ।

No description available.

व्यापारिक क्षेत्रबाट राजनीतिमा छिरेका सरावगीले जनतालाई धेरै ठूला ठूला आश्वासन बाँडेर मन तथा मत जितेर मेयरमा निर्वाचित भएपछि आफ्ना प्रतिबद्धता र कसमहरु बिर्सिएको नगर क्षेत्रमा व्यापक चर्चा छ । चुनावताका उनले अघि सारेको मुख्य एजेण्डामध्ये ‘५ ब’ को पूरा रुपसमेत उनले अहिले बिर्सिएको सरावगीले सञ्चार माध्यममा दिएको अन्र्तवार्ताबाट स्पष्ट हुन्छ । 

No description available.

वीरगञ्जका सर्वसाधारण जनतादेखि, उद्योगी, व्यवसायी, समाजसेवी, बुद्धिजिवि, युवा, बालबालिका, महिला लगायतले मेयरमा कोही स्पष्ट भिजन र सफा नियत भएको व्यक्ति आउनुपर्ने अपेक्षा गरेका छन् । काम गर्ने व्यक्तिलाई ५ वर्ष पर्याप्त समय भएको हुँदा यो समयमा उनले केही गर्न नसकेर जनतामाथि करको बोझ लादेका कारण नगरबासी उनीसँग आजित बनेका छन् । यसर्थ उनलाई मेयरमा जिताउने पक्षमा नगरबासी नभएको वीरगञ्जको आदर्शनगरका सन्तोष सर्राफ बताउँछन् । 

No description available.

महानगरपालिकामा हुने आधारभुत मापदण्ड पुगेको छैन भनेर सार्वजनिक रुपमै भन्दै हिँड्ने मेयर सरावगीलाई महानगरसरह कर उठाउँदा लाज लाग्नुपर्ने वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ निवासी संगीता देवीले बताइन् । नगरबासीको ढाड सेक्ने गरी सरावगीले बढाएको करको विरुद्धमा वीरगञ्जमा मानव सागर सडकमा ओर्लिएको थियो ।

No description available.

व्यवसायी एवम् उद्योगीहरुले पनि महानगरको पटक पटक ध्यानाकर्षण गराए । विभिन्न राजनीतिक दलहरुले पनि करको विरुद्धमा खबरदारी गरे । कवाडी व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघदेखि उद्योग वाणिज्य संघसम्मले महानगरले बृद्धि गरेको करको विरोध गरेका थिए । करको दायरा बढाउन दर पनि बढाउनुपर्ने भन्दै सरावगीले भने जनताले कहिलै तिर्नु नपरेको विषयमासमेत कर लादेर जनताको ढाड सेक्ने काम गरेको रुष्ट नगरबासीले पुनः सरावगीलाई भोट देलान् भन्ने कुनै आधार छैन । 

No description available.

व्यापारिक हबकै व्यवसायीहरु व्यवसायबाट धरासायी बन्दै जानुले यहाँको यथार्थ चित्रण गर्छ । विभिन्न किसिमका आन्दोलन, हड्ताल, कोरोना कहर लगायतका कारण लामो समयसम्म बन्द रहेको बेला पनि व्यवसायीको लागि कुनै सहुलियत तथा छुट नदिएको भन्दै व्यवसायीहरु पनि उनीसँग रुष्ट बनेका हुन् । 

No description available.

घर जग्गा, सम्पति, सवारी साधन, व्यापार व्यवसाय, जन्म, मृत्यु र विवाहदर्ता लगायतका शीर्षकमा आफूखुशी अत्यधिक कर वृद्धि गरेर मेयर सरावगी सर्वत्र आलोचित पनि बनेका थिए । सरावगी मेयर बनेपछि उनीबाट फाइदा लिइरहेका केही ठेकेदारहरु, एवम् पार्टीका भन्दा पनि सरावगीका कार्यकर्ताबाहेक अन्य नागरिकहरुले सरावगी पुनः मेयरमा दोहोरिएको हेर्न चाँहदैनन् भन्ने नगरबासीको प्रतिक्रिया छ ।

No description available.

वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ का रामाशिष पटेल भन्छन्, ‘सरावगीको कार्यकाल हेरिसक्यौँ, अब नयाँ अनुहारलाई अवसर दिनुपर्छ । जसले वीरगञ्जको बिकास गरोस् अनि वीरगञ्जबासीको बारेमा सोचोस् ।’ वीरगञ्ज १० की सुगन्धा देवीले पदका लागि पार्टी र बिचार बदल्नेहरुसँग जनता सचेत हुनुपर्ने बताइन् । 

No description available.

No description available.

No description available.

Back to top