×

वीरगन्ज १४ साउन । आज दिउसो वीरगन्जको भिष्वा डाँडामा एक युवकले आफनो श्रीमतीलाई छुरा प्रहार गरेको छ ।

वीरगन्ज महानगरपालिका घडीअर्वा १० बस्ने गिरधारी साहको छोरा रोशन कुमार गुप्ताले आफनो कान्छी श्रीमती मनु चौधरीलाई छुराले घाँटीमा प्रहार गरेको पर्सा प्रहरीले जनाएको छ ।

आज दिउसोको समय रोशन कुमार गुप्ताले आफनो कान्छी श्रीमती मनु चौधरीलाई वीरगन्जको भिष्वा डाँडा घुमाउनको लागी घरबाट लगेको बेला भिष्वा डाँडाको पछाडी पटी झाडीमा लगि धारिलो हतियार ९छुरा० ले घाँटी रेटी घाईते बनाएको प्रहरीले बताएका हुन ।

रोशन कुमार गुप्तालाई पर्सा प्रहरीले पक्राउ गरेको छ भने घाईते उनका श्रीमती मनु चौधरीलाई उपचार नारायणी अस्पताल लगिएको र नारायणी उपचार हुन नसकेकोले थप उपचारको लागी नेशनल मेडिकल कलेज बीरगंजमा उपचार भइ रहेको र निज रोशन कुमार गुप्ता भाग्न खोज्दा नियन्त्रणमालिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Back to top