अन्तर्वाताका क्रममा बीबीसीका प्रस्तोताले महिलाको स्तन छोएपछि…

170



बीबीसीका कार्यक्रम प्रस्तोतालाई एक महिलाले थप्पड हानेकी छिन् । ती महिलाले लाइभ अन्तर्वार्तामा अवरोध निम्त्याएपछि प्रस्तोताले उनको स्तन समातेका थिए ।

करिब तीन दशकदेखि बीबीसीमा कार्यरत बेन ब्राउनले बीबीसीका सहायक राजनीतिक सम्पादक नोरम्यान स्मिथसँग मंगलबार अन्तर्वार्ता लिइरहेका थिए ।
अन्तर्वार्ताको बिचैमा सनग्लास लगाएकी एक महिला क्यामराको फ्रेममा पर्ने गरी आइपुग्छिन् र ‘बिल्कुल सानदार’ भन्दै मुसुक्क हाँस्छिन् र बुढी औंला देखाउँछिन् ।
उनको अवरोधले रिसाएका बीबीसीका कार्यक्रम प्रस्तोताले उनलाई स्तनमा छोएर त्यहाँबाट हट्ने संकेत गर्छन् र अन्तर्वार्तालाई अगाडि बढाउँछन् । स्मिथले पनि उनलाई त्यहाँबाट हट्नका लागि आग्रह गर्दै भन्छन्, ‘हामीले केही सेकेन्डको समय दिनुहोस्, है त रु’
नाम नखुलाएकी ती महिला त्यसपछि हच्किन्छिन् र त्यहाँबाट जानुभन्दा पहिले ब्राउनको काँधमा मज्जाको थप्पड हान्छिन् । एजेन्सी