×

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नम्बर ४ को संयोजकमा जितेन्द्र मिश्र निर्वाचित भएका छन् । जिल्ला सभापति हरि पन्त अर्थात् संस्थापन पक्षका उम्मेदवार मिश्रले ५२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जगदीश प्रसादले १८ मत प्राप्त गरेका थिए । जगदीश पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्य पक्षका उम्मेदवार थिए । मिश्र निवर्तमान क्षेत्रीय सभापति पनि हुन् ।

क्षेत्रीय नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा मिश्रको नेतृत्वको प्यानलले पुरै पदमा जित हासिल गरेको छ । उपसंयोजक (क) पदमा प्रद्युम्न कुमार गौतम ४९ मतसहित निर्वाचित भए भने उपसंयोजक (ख) मा प्रवेज अहमद ३८ मतसहित विजयी भएका छन् ।

उपसंयोजक पदका अन्य उम्मेदवार कृष्ण मोहन प्रसाद यादवले १९ मत तथा रामनाथ प्रसाद चौरसियाले १५ मत प्राप्त गरेका थिए । त्यसैगरी सदस्य पदमा विकीकुमार यादव निर्वाचित भएका छन् ।

निर्वाचन परिणामसँगै पर्सा क्षेत्र नम्बर ४ मा मिश्र पक्षको सङ्गठनात्मक प्रभाव थप बलियो बनेको विश्लेषण गरिएको छ । सांसद शाक्य पक्ष कमजोर भएको छ ।

Back to top