वीरगञ्ज । वीरगञ्जको अलखियामठस्थित हरिखेतान मार्गमा रहेको भेटघाट कटिया कर्नर फेमिली रेष्टुरेन्ट एण्ड बारको आज उद्घाटन गरिएको छ ।
वीरगञ्ज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमले रेस्टुरेन्टको उद्घाटन गरेका हुन् । करिब २५ लाख रुपैयाँको लागतमा सञ्चालनमा आएको यो रेष्टुरेन्ट सुविधा सम्पन्न पारिवारिक वातावरणमा निर्माण गरिएको सञ्चालकको दाबी छ ।
उद्घाटन कार्यक्रममा उप प्रमुख आलमले वीरगञ्जमा यस्ता उच्चस्तरीय र पारिवारिक रेष्टुरेन्टहरूको आवश्यकताको महत्त्व झल्काउँदै, कटिया मासु जस्ता विशेष परिकारहरूलाई स्थानीय स्तरमा प्रवर्धन गर्ने उद्देश्यले खुलेको रेष्टुरेन्टको प्रशंसा गरे ।
यहाँ विशेष गरी दक्ष र अनुभवी कुकहरूको सहयोगमा विभिन्न प्रकारका कटिया मासुका परिकारहरू उपलब्ध हुन् रेष्टुरेन्टका संचालक मुकेश कुमार गुप्ताले बताए ।
सञ्चालक गुप्ताकाअनुसार रेष्टुरेन्टमा खुल्ला केबिन, कटेज, र अन्य सुविधाहरू पनि उपलब्ध छन्, जसले सबै उमेर समूहका ग्राहकहरूलाई आकर्षित गर्ने उद्देश्य राखेको छ । अर्का संचालक निरज सरार्फले अनुभवी कारिगर र वेटरहरूको टोलीले उत्कृष्ट सेवा प्रदान गर्ने बताए ।
कार्यक्रममा नेविसंघ पर्साका अध्यक्ष विकास तिवारी, वीरगञ्ज महानगरपालिकामा कार्यरत नेहा मिश्र लगायतको उपस्थिती रहेको उपप्रमुखका स्वकिय सचिव शेष कुमार हजराले जानकारी दिए ।