×

वीरगञ्ज । दुर्गा पुजा सेवा समिति रानीघाटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ रानीघाटमा हरेक वर्ष जस्तै यस वर्ष पनि दुर्गा पुजा सेवा समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । 

समितिका अध्यक्ष शतिश सिंह राजपुतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ६ जना महिलासहित ७९ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए । पाण्डेकाअनुसार सुमन श्रीवास्तव, सुष्मा सिंह, स्नेहा साह, सिम्रीका गुप्ता, शतिष सिंह राजपुत, मनिष सर्राफ, सुनिल गुप्ता, अर्जनु महतो, विवेक चौधरी, सुधिर सिंह राजपुत, रामबाबु साह लगायतले रक्तदान गरेका छन् ।  

समितिले २२ औँ पटक रक्तदान कार्यक्रमको आयोजना गरेको अध्यक्ष राजपुतले बताए । रगतको अभावलाई परिपूर्ती गर्न समितिले रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै आएको उनको भनाई छ । 

कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष जवाहर प्रसाद गुप्ता, समितिका सल्लाहकार गोपालप्रसाद रौनियार, समाजसेवी राजुकुमार गुप्ता, छोटेलाल सर्राफ लगायतको उपस्थिती रहेको थियो । 

वडाअध्यक्ष जवाहर प्रसाद गुप्ताले रक्तदान जस्तो मानवीय कार्यले समुदायमा सकारात्मक ऊर्जा फैलाउने बताउँदै, रगत अभावका कारण कसैको ज्यान नजानु पर्ने उल्लेख गरे। उनले समिति र रक्तदाताहरूको प्रशंसा गर्दै, आगामी दिनहरूमा वडा कार्यालयको तर्फबाट यस्ता सामाजिक कार्यहरूमा पूर्ण सहयोग रहने आश्वासन दिए।

रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेको नेतृत्वमा प्राविधिकहरु नमित चौरसिया, श्रीराम पण्डित, सन्दिप साह, राजाबाबु गुप्ता लगायतले प्राविधिक सहयोग गरेका थिए । 
 

Back to top