वीरगञ्ज । ६९ औं प्रहरी दिवसको अवसरमा वडा प्रहरी कार्यालय श्रीपुर पर्सा र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर पर्साको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ स्थित पशुपतिनाथ मन्दिर परिसरमा आयोजना गरिएको थियो।
सार्वजनिक सरसफाई कार्यक्रममा सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर पर्साका सचिव कुल नारायण प्रधानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो भने प्रमुख अतिथिको रुपमा वडा प्रहरी कार्यालय श्रीपुर पर्साका प्रहरी निरीक्षक (प्र.ब.ना.नि.) गोरख बहादुर शाहीले सहभागी भएका थिए।
उक्त कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी, सञ्चारकर्मी तथा सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर पर्साका सदस्यहरु मधु सिंह, जगत राई, मुनेश लायामगर लगायत सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी हवल्दार सुभाष प्रसाद यादव र प्रहरी जवान अबिनेस रायको सहभागिता रहेको थियो।
यस सरसफाई कार्यक्रमले स्थानीय समुदायमा प्रहरी र जनताबीचको सहकार्यलाई अझ सुदृढ बनाएको छ भने वातावरणीय सरसफाईमा पनि सकारात्मक योगदान पुर्याएको आयोजकले बताएका छन्।
कार्यक्रममा सहभागीहरुले प्रहरी र सामुदायिक संस्थाबीचको सहकार्यलाई निरन्तरता दिँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताए।