×

युवा कवि डा. इ. शंकर ढकाल (एसडी) को ‘दोधार’ कवितासंग्रहमा समावेश भएको ‘आँसु लुकाऊँ कसरी’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा स्वर नेपाल आइडल सिजन–५ का विजेता गायक करण परियारले दिएका छन्, गीतका शब्द रचना र कन्सेप्ट स्वयम् कवि ढकालले गरेका हुन्। संगीत संयोजन कर्ण सञ्ज्यालले गरेका छन् भने एरेन्ज केशव बडुले गरेका छन्।

गीतको म्युजिक भिडियोको निर्देशन र छायांकन देवराज आचार्यले गरेका छन्। भिडियोमा डा. ढकाल र मिसटिन युनिभर्स नेपाल २०२१ की श्रीयंका थापाले अभिनय गरेका छन्, जसमा कवि ढकालले "कवि सिन्दुर"को भूमिकामा श्रीयंका थापासँग सहकार्य गरेका छन्। बाल कलाकार अध्यात्मिक ढकालसँगै कर्ण सञ्ज्याल, निर्मला ढकाल लगायत अन्य कलाकारहरूको पनि अभिनय रहेको छ। म्युजिक भिडियोको सम्पादन हिम्मतसिंह चैसिरले गरेका हुन्, र भिडियोलाई Dr. Eng. Shanker Dhakal नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

यसै क्रममा, गत शुक्रबार वरिष्ठ कवि प्रा. तुलसी दिवसको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रममार्फत ‘दोधार’ कवितासंग्रह र गीतको विमोचन गरिएको थियो। कार्यक्रममा सांसद डा. तोसिमा कार्की, एनआरएन अभियन्ता भीम उदास, नास्टका सचिव डा. रवीन्द्रप्रसाद ढकाल, नास्टका पूर्वउपकुलपति तथा जुआनका अध्यक्ष डा. सुनिलबाबु श्रेष्ठ लगायतका विशिष्ट व्यक्तिहरू सहभागी थिए।

‘दोधार’ कवितासंग्रहले समाज रूपान्तरण, माया प्रेम र बिछोड मात्र नभएर इन्जिनियरिङजस्ता विविध विषयहरूमा आधारित कविताहरू समेटेको छ, जसले यसलाई अझै फरक र प्रभावकारी बनाएको छ।

आँशु लुकाऊँ कसरी भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

Back to top