×

अमेजन प्राइम भिडिओको भारतीय वेब–सिरिज ‘द फेमिली फ्यान’ को तेस्रो सिरिजमा नेपाली अभिनेता सुनिल थापा अनुबन्धित भएका छन्।

थापाले सामाजिक सञ्जालमार्फत आफू उक्त सिरिजमा देखिन लागेको जानकारी दिएका हुन्। 

‘मैले मनोज बाजपेयी र दलिप ताहिलको साथमा द फेमिली म्यानका लागि नागाल्याण्डमा गरेको सुटिङ अविश्वसनीय थियो। म मेरो नागामेस टिचर टियालाई पनि धन्यवाद दिन चाहन्छु। माया र साथको लागि धन्यवाद,’ उनले लेखेका छन्।

यस सिरिजमा मनोज बाजपेयी र दलिप ताहिलको मुख्य भूमिका रहेको छ। हाल सिरिजको छांयाकन नागाल्याण्डमा भइरहेको छ। अक्टोबर १ सम्म फिल्मको सुटिङ चल्ने बताइएको छ। 

सुनिल १० वर्षपछि बलिउडमा फर्किएका हुन्। यसअघि उनी सन् २०१४ मा रिलिज भएको प्रिंयका चोपडा अभिनित फिल्म ‘मेरी कोम’ देखिएका थिए।

Back to top