×

नेपालमा मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा चलाउनेको संख्या २०८१ असार मसान्तसम्म ३ करोड १२ लाख ११ हजार ७४ मा आइपुगेको छ।

यो सङ्ख्या गत आर्थिक वर्षको सोही अवधिमा टुजी, थ्रीजी र फोरजी सेवा लिनेहरुको समग्र आँकडा हो। यो आँकडा २ करोड ८० लाख २ हजार ४३५ थियो। वार्षिक हिसाबले समग्रमा हेर्दा सङ्ख्या बढेको देखिए पनि अघिल्लो महिनाको तुलनामा समग्र सङ्ख्या घटेको छ।

हालै नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको असार २०८१ सम्मको तथ्यांकअनुसार मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रयोगकर्ताहरुको संख्या अघिल्लो महिनाको तुलनामा १ लाख १ हजार ३०६ ले घटेको हो।

अघिल्लो महिना अर्थात्  जेठ मसान्तसम्म उक्त सङ्ख्या ३ करोड १३ लाख १२ हजार ३८० रहेको थियो।

२०८१ असार महिनाको समग्र ३ करोड १२ लाख ११ हजार ७४ ग्राहकमध्ये नेपाल टेलिकमका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या २ करोड २४ लाख २४ हजार २९ रहेको छ।

यो सङ्ख्यामा टुजीका प्रयोगकर्ता १४ लाख ५८ हजार ९८६, थ्रीजीका ५६ लाख ८३ हजार १०६ तथा फोरजीका १ करोड ५२ लाख ८१ हजार ९३७ समावेश छन्।

तथ्यांकअनुसार एनसेलका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ता ८७ लाख ८७ हजार ४५ रहेका छन्। यीमध्ये थ्रीजीका प्रयोगकर्ता १८ लाख ३६ हजार ५६६ तथा फोरजीका ६९ लाख ५० हजार ४७९ रहेका छन्।

फोरजी: टेलिकमको बढ्यो, एनसेलले उल्लेख्य गुमायो 

असार महिनाभरिमा नेपाल टेलिकमले फोरजी सेवा लिने ग्राहक थपेको छ भने एनसेलले उल्लेख रुपमा गुमाएको छ।

फोरजीका हकमा १ महिनामा नेपाल टेलिकमले १ लाख २४ हजार १२४ ग्राहक थपेको छ। यस्तै एनसेलले ३ लाख ६४ हजार १४९ ग्राहक गुमाएको प्रतिवेदनले देखाएको छ।

थ्रीजी: टेलिकम र एनसेल दुवैले थपे

२०८१ असार महिनाभरिमा नेपाल टेलिकमले आफ्ना थ्रीजी प्रयोगकर्ताको सङ्ख्या अघिल्लो महिनाको तुलनामा १ लाख ९ हजार ६९९ ग्राहक थपेको छ।

Back to top