×

इजरायलले लेबनानको विद्रोही समूह हिजबुल्लाहसँग २१ दिन युद्धविराम गर्न गरेको आग्रह अस्वीकार गरेको छ। 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो उद्देश्य प्राप्त नभएसम्म लेबनानमा हिजबुल्लाहलक्षित हवाई आक्रमण जारी रहने बताए। 

अमेरिकासहित अष्ट्रेलिया, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, साउदी अरब, संयुक्त अरब इमिरेट्स, बेलायत र कतारले २१ दिन युद्धविराम गर्न आग्रह गरेका थिए। 

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणमा  सोमबारयता मात्रै ६००  भन्दा धेरैले ज्यान गुमाएका छन् । गएको वर्षको अक्टोबर ८ यता इजरायल र हिजबुल्लाहबीच दैनिकजसो सीमा वारपार गोलाबारी हुँदै आएको छ।

Back to top