×

वीरगञ्ज । बुद्ध एअरले आफ्नो २७औं वार्षिकोत्सवको अवसरमा वीरगञ्जस्थित इजी कम्युनिकेशनलाई सम्मान गरेको छ। बुद्ध एअरले सबैभन्दा धेरै टिकट बिक्री गर्न सफल भएको र उत्कृष्ट सहकार्य गरेको भन्दै इजी कम्युनिकेशनका सञ्चालक तथा प्रबन्ध निर्देशक रोशन गुप्तालाई सम्मान प्रदान गरेको हो।

बुद्ध एअरको सिमरा शाखाका स्टेसन मेनेजर सुरेश रेग्मीले रोशन गुप्तालाई उक्त सम्मान गरेका थिए। कार्यक्रममा बुद्ध एअरका अध्यक्ष बिरेन्द्र बहादुर बस्नेतले गुप्तालाई उत्कृष्ट साझेदारी र समर्थनका लागि विशेष अवार्ड प्रदान गर्दै दीर्घकालीन सहकार्यलाई अझ सुदृढ बनाउने आशा व्यक्त गरे।

सम्मानप्रति खुशी व्यक्त गर्दै रोशन गुप्ताले बुद्ध एअरलाई धन्यवाद दिए। उनले भने, “यो सम्मानका लागि म बुद्ध एअरलाई धन्यवाद दिन चाहन्छु, तर यो उपलब्धि हासिल गर्न सक्नुभएकामा मेरा मूल्यवान ग्राहकहरूलाई विशेष धन्यवाद दिन चाहन्छु। उनीहरूको विश्वास र समर्थनकै कारण हामी वीरगञ्जको नम्बर १ यात्रा सेवा प्रदायक बन्न सफल भएका छौं।”

इजी कम्युनिकेशन वीरगञ्जमा सबैभन्दा सफल यात्रा सेवा प्रदायकका रूपमा परिचित छ। यो संस्था रेल टिकटदेखि हवाइ टिकटसम्मका सेवाहरू उपलब्ध गराउँदै आएको छ।

 

Back to top