×

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि (११ र १२ गते) रात्रिकालीन बस सेवा नचलाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिनसम्म भारी वर्षाको सम्भावना रहेको छ, जसका कारण हिमाली र पहाडी क्षेत्रमा उच्च जोखिमको अवस्था देखिएको छ।

मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै रात्रिकालीन बस सञ्चालन नगर्ने निर्णय लिएको हो। यो निर्णय यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न गरिएको छ।

प्राधिकरणले धान काट्ने किसानहरूलाई पनि सतर्क गराउँदै, काटिएको धान तत्काल थन्क्याउन आग्रह गरेको छ। साथै, तराई-मधेश क्षेत्रका किसानहरूलाई भुइँतलामा अन्नपात नराख्न सुझाव दिएको छ, ताकि वर्षाको प्रभावबाट अन्नको सुरक्षा गर्न सकियोस्।

Back to top