×

वीरगञ्ज । औद्योगिक प्रयोजनका लागि केराउ, सुपारी र मरिचको आयात पुनः खुला गरिएको छ। सरकारले असोज ७ गते राजपत्रमा सूचना प्रकाशित गर्दै औद्योगिक प्रयोजनका लागि यी वस्तुको आयात गर्न अनुमति दिएको हो।

सरकारी सूचनाअनुसार औद्योगिक कच्चा पदार्थको रूपमा मात्र केराउ, सुपारी, सेतो र कालो मरिचको आयात अनुमति हुनेछ। यो निर्णयसँगै यसअघि २०७६ चैत २४ गतेको राजपत्रमार्फत लगाइएको आयात प्रतिबन्धलाई खुकुलो पारिएको छ।

स्मरण रहोस्, सरकारले विदेशी विनिमय सञ्चिति घटेको भन्दै केराउ, सुपारी, मरिच लगायतका वस्तुको आयातमा २०७६ सालदेखि नियन्त्रणको नीति लागू गरेको थियो। अब भने औद्योगिक प्रयोजनका लागि मात्र यी वस्तुको आयात खुला गरिएको छ, जसले औद्योगिक क्षेत्रका लागि कच्चा पदार्थको अभावलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

Back to top