×

तपाईंको पनि चर्को नुन खाने बानी छ भने अब सजग रहनुहोला । किनकि धेरै नुन खाँदा मानव स्वास्थ्यमा हानी पुग्छ । हामी तरकारीमा नुन चर्को खान सक्छौँ । तर, अमिलो खान सक्दैनौँ ।

अलिनो भयो भने नुन थपेर आफ्नो स्वाद अनुसार खाने गर्छौँ। अलिनो भयो भने पनि नुन थपेर खाने गर्छौँ ।

चर्को नुन खानुभन्दा बरु अलिनो नुन खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । अझ पछि नुन थपेको त त्यति मीठो पनि हुँदैन । अर्कातिर स्वास्थ्यमा पनि असर पर्छ ।

विभिन्न अनुसन्धानले देखाए अनुसार धेरै नुनको सेवन गर्दा विभिन्न समस्याहरु देखिन सक्छन् ।

यस्ता छन् चर्को नुन खानुका बेफाइदाहरुः

  • धेरै नुन खाँदा हृदयाघातको सम्भावना हुनुका साथै पत्थरी हुने पनि उत्तिकै सम्भावना रहन्छ ।
  • बढी नुन सेवन गर्दा मोटोपन बढ्छ । त्यसैले नुन खाँदा हामीले संयमितता अपनाउनुपर्छ ।
  • धेरै नुन खाँदा उच्च रक्तचापको जोखिम पनि हुन्छ। मुटुमा समेत समस्या देखिन सक्छ ।
  • जब हामी नुन खान्छौँ, हाम्रो शरीरमा धेरै पानी जम्मा हुन्छ । यसको दबाब मिर्गौलासम्म पर्छ ।
  • धेरै नुन खाँदा १७ प्रतिशतले बढ्छ भने हृदयाघातको जोखिम २३ प्रतिशतले बढ्छ ।नुनको बढी सेवन गर्दा अनिद्रा, चिड्चिडाहट, जोर्नी सुनिने र दुख्ने लगायतका समस्या आउनुको साथै दीर्घकालमा थाइराइड पनि हुन सक्छ ।
Back to top