×

दक्षिण भारतीय अभिनेता जुनियर एनटिआर अभिनीत फिल्म 'देवरा' २७ सेक्टेम्बरदेखि प्रदर्शन हुँदैछ। 

हाल फिल्मको अग्रिम टिकट बुकिङ खुला गरिएको छ। सैकनिल्कको रिपोर्ट अनुसार मंगलबारसम्म फिल्मले विश्वभरबाट ३० करोडमाथि कमाइ गरेको छ। भारतमा मात्रै फिल्म ४, ६९, ५०८ टिकट बिक्री भएको छ। फिल्मले पहिलो दिन अग्रिम टिकट बुकिङमा ११ करोड ६६ लाख भारू कमाएको छ।

कोरताला शिवा निर्देशित फिल्म 'देवरा' दुई भागमा रिलिज हुनेछ। फिल्ममा एनटिआरसँगै जान्हवी कपूर, श्रुति मराठे, प्रकाश राज, श्रीकान्त, सैफ अली खानलगायत कलाकारको अभिनय छ। यसै फिल्मबाट जान्हवीले दक्षिण भारतीय फिल्ममा डेब्यू गर्न लागेकी हुन्।

६ वर्षपछि जुनियर एनटिआरको सोलो फिल्म रिलिज हुन लागेको हो। सन् २०१८ मा उनको पछिल्लो सोलो फिल्म 'अरविन्द समेथा' रिलिज भएको थियो।

Back to top