×

सर्वोच्च अदालतले नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएको समयमा हुन नसक्नुको कारणसहित लिखित जवाफ माग गरेको छ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सोमबार प्रारम्भिक सुनुवाइपछि १५ दिनभित्र लिखित जवाफ माग गर्ने आदेश गरेको हो। 

ध्रुवप्रसाद चौलागाईंले पत्रकार महासङ्घलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमा ६ महिनाभित्र निर्वाचन गराउन अन्तरिम आदेशको माग गरिएको छ। 

रिट निवेदनमा वर्तमान कार्यसमितिले तोकिएको मितिमा निर्वाचन गराउन नसकेपछि अब वैकल्पिक माध्यमबाट निकास दिनुपर्ने माग गरिएको छ। 

Back to top