वीरगञ्ज । गृह मन्त्रालयले नेपाल प्रहरीका तीनजना डिप्टी इन्स्पेक्टर जनरल (डीआईजी) को सरुवा गरेको छ। गृह मन्त्रालयको निर्णयअनुसार, डीआईजी लालमणि आचार्यलाई मधेस प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ। यसअघि मधेस प्रदेशमा कार्यरत डीआईजी यज्ञ विनोद पोखरेललाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ।
त्यस्तै, डीआईजी राजेशनाथ बास्तोलालाई भरतपुरस्थित जुनियर प्रहरी शिक्षालयमा सरुवा गरिएको छ। गृह मन्त्री रमेश लेखकले यी तीनजना डीआईजीहरूको सरुवाको निर्णय गरेका हुन्।
सरुवाको यो निर्णयसँगै प्रहरी संगठनमा महत्त्वपूर्ण फेरबदल भएको देखिएको छ, जसले विभिन्न प्रदेशमा सुरक्षाको नेतृत्वलाई नयाँ ढाँचामा अगाडि बढाउने अपेक्षा गरिएको छ।