हामीले कहिलेकाँही एकपटक प्रयोग गरेको तेललाई स्टोर गरेर राख्ने गर्छौं । खानेकुरा तारेर पकाउँदा बाँकी रहेको तेल पुनः प्रयोगका लागि राख्छौं । यस्तो गर्नु स्वास्थ्यका लागि धेरै नोक्सानदायक हुन सक्छ ।
आज हामी तेललाई पुनः प्रयोग गर्दा स्वास्थ्यमा हुन सक्ने नोक्सानका बारे बताउनेछौं ।
खाना पकाएपछि बचेको तेल पुनः प्रयोग नगर्न स्वास्थ्य विज्ञले सल्लाह दिन्छन् । यसो गर्नाले तपाईंको स्वास्थ्यमा एकदमै नराम्रो असर पर्न सक्छ ।
जब हामी बचेको तेल पुनः प्रयोगका लागि तताउँछौं यसमा ट्रान्सफ्याट एसिडको मात्रा पनि बढ्न थाल्छ ।
तेल पटकपटक तातो बनाउँदा त्यसमा भएका एन्टीअक्सीडेन्ट गुण सकिँदै जान्छन् । यस्तोमा क्यान्सर ब्याक्टेरिया खानासँग टाँसिन थाल्छन् । जसले गर्दा क्यान्सरको खतरा हुन्छ ।
पटक पटक तेल पकाएर प्रयोग गर्दा यसका राम्रो कोलेस्ट्रोल समाप्त हुन्छ र खराब कोलेस्ट्रोल बढ्छ । जसले गर्दा तपाईंलाई मुटु सम्बन्धी समस्या आउन सक्छ ।
तेल धेरैपटक प्रयोग गरेर पकाइएको खाना खाँदा मोटोपन बढ्न थाल्छ । नियमित यस्तो प्रकारको खाना खाँदा मोटोपन ल्याउँछ ।
पटक पटक प्रयोग गरेको तेलमा पकाएको खानाले पेटमा अपच, ग्यास, कब्जियत जस्ता समस्या हुन्छ । यस्तो खाना पचाउन धेरै समय लाग्छ । जसले गर्दा यसले कलेजोमा पनि समस्या उत्पन्न गराउन थाल्छ ।