×

रक्सौल । बिहारको मोतिहारी प्रहरीले नक्कली नोटको कारोबारमा संलग्न समूहलाई पक्राउ गरेको छ। यस क्रममा नक्कली नोटहरूको तस्करीमा संलग्न तीनजना व्यक्तिहरूलाई दुई लाख भारतीय नक्कली नोटसहित पक्राउ गरिएको हो। तस्करहरूको गिरफ्तारी भारत-नेपाल सीमा नजिकै हरैया ओपी क्षेत्रबाट भएको हो। पक्राउ परेका तस्करहरूमाथि विभिन्न केन्द्रिय निकायहरू अनुसन्धान गरिरहेका छन्।

पक्राउ परेका मुख्य अभियुक्त नजरे सद्दामको तार पाकिस्तानसँग जोडिएको खुलासा इटीभी बिहारमा समाचार छ। भएको छ। प्रहरी र केन्द्रिय एजेन्सीहरू नजरे सद्दामको खोजीमा लामो समयदेखि सक्रिय थिए। एक महिना अघिपछि नै उनलाई नक्कली नोटहरू नेपालबाट भारत ल्याउने सूचना प्राप्त भएको थियो।

दुई लाख भारतीय नक्कली नोट बरामद

मोतिहारी एसपी कांतेश कुमार मिश्राले गुप्त सूचनाको आधारमा नजरे सद्दामसँग अन्य दुई तस्करहरूलाई पनि पक्राउ गरेका छन्। उनीहरूको साथबाट करिब दुई लाख भारतीय नक्कली नोट बरामद गरिएको छ। हाल प्रहरीले उनीहरूलाई अज्ञात स्थानमा राखेर सोधपुछ गरिरहेको छ।

सीमामा कडा निगरानी

प्रहरी र केन्द्रिय निकायहरू लगातार सीमा क्षेत्रमा सक्रिय छन्। यसअघि पनि बिहारको पूर्वी चम्पारण क्षेत्रमा यस्तै नक्कली नोटहरूको कारोबार फेला परेको थियो। यसै क्रममा मोतिहारीको रक्सौल क्षेत्रबाट असलम अंसारीलाई पक्राउ गरिएको थियो। असलम अंसारीलाई पक्राउ गर्नको लागि एनआईएले लामो समयदेखि खोजी गरिरहेको थियो, र उनीमाथि एक लाख रुपैयाँको इनामसमेत थियो।

 

 

 

 

Back to top