वीरगञ्ज । वीरगञ्जको नेशनल मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत विद्यार्थीहरूबीच पैथोलोजी विषयमा क्विज प्रतियोगिता सम्पन्न भएको छ। उक्त प्रतियोगिताको उद्घाटन नेशनल मेडिकल कलेजका एकेडेमिक निर्देशक नुशरत जहाँ अन्सारीले गरेकी थिइन्।
उद्घाटन समारोहमा निर्देशक अन्सारीले प्रतियोगिताको पहिलो संस्करणको रूपमा स्वागत गर्दै यसलाई भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाइन्। उनले यस्तो प्रतियोगिताले विद्यार्थीहरूमा शैक्षिक ज्ञान वृद्धि गराउने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा अस्पताल निर्देशक इशरत जहाँ अन्सारी, एडमिशन निर्देशक आबिद हुसेन अन्सारी, प्रोफेसर डा. के.एन. सिंह, प्रोफेसर डा. ए.के. कोसी, प्राध्यापक डा. रबी शंकर, प्राध्यापक डा. सरोज देव, नर्सिङ्ग प्राध्यापक बबिता सिंह, प्रोफेसर डा. ए.एन. ठाकुरलगायत अन्य विद्यार्थी, डाक्टर तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
प्रतियोगितामा २० समूह गरी ४० जना सहभागी थिए। फाइनल राउन्डमा ६ समूह पुगेका थिए जसबाट तीन समूह विजेता भएका थिए। प्रथम स्थान बिशाल गोवाली र अभिषेक कोईरालाले जिते भने दोस्रो स्थान ईशा शर्मा र आरुषा मैनालीले हासिल गरे। तेस्रो स्थान सागर कोईराला र अंशु लामिछानेले प्राप्त गरेका थिए।
यस प्रकारको शैक्षिक गतिविधिले विद्यार्थीहरूको विषयगत दक्षता वृद्धि गर्ने विश्वास गरिएको छ।