वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ८ पानीटंकीस्थित लिटल बडी प्रि स्कुलको आयोजनामा बुधबार तिजको अवसरमा विभिन्न प्रतियोगिता सम्पन्न भएको छ ।
वीरगञ्जस्थित त्रिशला रेष्टुरेन्टमा भएको कार्यक्रमको उद्घाटन स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. प्रिति यादवले गरेकी थिइन् । उनले कार्यक्रममा सहभागिहरुलाई तिज पर्वको शुभकामना दिदै यस्तो कार्यक्रम वीरगञ्जमा पहिलो पटक लिटल बडि प्रि स्कुलले आयोजना गरेको भन्दै प्रशंसा गरिन् ।
लिटल बडी प्रि स्कुलका प्रिन्सपल बिजय बलको अध्यक्षतामा भएको कार्यक्रममा एडु केयर किड्स फाउन्डेसनकी प्रिन्सपल मौसमी राणा, प्याबसन पर्साका सचिव राहुल श्रीवास्तव, प्याबसन वीरगञ्जका महानगरका सचिव सन्नी पाख्रिन, कोषाध्यक्ष सुरज बाबु पटेल, वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन, रोट्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोसिटीका अध्यक्ष दिपु बर्णवाल लगायतको उपस्थिती रहेको थियो ।
महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा भएको कार्यक्रममा स्लो डान्स कम्पिटिसन, ग्रुप डान्स, फैसन सो कम्पिटिसन लगायतका प्रतियोगिता समेत आयोजना गरिएको थियो । प्रतियोगिताका विजेताहरुलाई पुरस्कार समेत वितरण गरिएका स्कुलकी कार्यक्रम संयोजक प्रतिभा चौरसियाले जानकारी दिइन् ।
कार्यक्रमको संचालन स्वेता मिश्राले गरेकी थिइन भने रिया रौनियार, सुरुची पराजुली र पुजा प्रजापतीले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।