×

काठमाडौं  । पेरिस पारालिम्पिकस्‌ अन्तर्गत पारा तेक्वान्दोमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली स्वदेश फर्किँएको छ। 

टोलीलाई  त्रिभुवन अनन्तरार्ष्ट्रिय विमानस्थलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्वागत गरे। पलेशासहित नेपाली टीमलाई नगर परिक्रमा गराइने छ । 

राष्ट्रिय खेलकुद परिषद राखेपका अनुसार टोलीलाई नगरपरिक्रमा गराइने छ।  र्‍याली एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुग्ने छ।  साढे ९ बजे राखेप प्राङ्गण त्रिपुरेश्वरमा स्वागत गरिने कार्यक्रम छ।

 

 

Back to top