×

रूसमा घूस लिएको आरोपमा अर्का एक वरिष्ठ सैन्य अधिकारीलाई पक्राउ गरेको छ ।

रक्षा मन्त्रालयको स्रोत विभागमा काम गर्ने मेजर जनरल भ्यालेरी मुमिनजानोभले सेनाको पोशाक आपूर्ति गर्न राष्ट्रिय निजी कम्पनीहरूसँग सम्झौता मिलाउन पदीय मर्यादा विपरीत काम गरेको अनुसन्धानकर्ताले बताएका छन् । 

‘सम्झौताको मध्यस्थताका लागि ती अधिकारीले २० लाख रूबलभन्दा बढीको ठूलो रकम घुस लिएका थिए’, रूसको अनुसन्धान समितिले जनाएको छ । 

‘मुमिनजानोभ र उहाँको परिवारका सदस्यहरू मस्को र वोरोनेजमा १२ करोड रूबलभन्दा बढीको असङ्ख्य घर जग्गा र सम्पत्ति छ, जसको वैधता जाँच भइरहेको छँ, उनले भने। 

दोषी प्रमाणित भएमा उनले १५ वर्षसम्म जेल सजाय भोग्नुपर्नेछ। मस्कोले अप्रिलदेखि कम्तीमा १० सैन्य अधिकारीहरूलाई गिरफ्तार गरेको छ ।

गत हप्ता, पूर्व उपरक्षामन्त्री पावेल पोपोभलाई मनोरञ्जन पार्कको निर्माणसँग जोडिएको ठगीको आरोपमा पक्राउ गरिएको थियो ।

Back to top