×

जनकपुरधाम । मधेस प्रदेशको मन्त्रिपरिषद् २० सदस्यीय पुर्‍याएको विरोधमा जसपा नेपालका युवा र विद्यार्थी सङ्गठनहरूले मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गरेका छन् ।

जसपा नेपालनिकट समाजवादी युवा सङ्घ र समाजवादी विद्यार्थी युनियनले सिटी जुलुस निकाल्दै मुख्यमन्त्री कार्यालयको निषेधित क्षेत्र तोडेर पुगेका छन् ।

प्रदर्शनकारीहरूले मधेस सरकारविरुद्ध नाराबाजी गरेका छन् र मुख्यमन्त्री सतिशकुमार सिंहको राजीनामा मागेका छन् । प्रदर्शनको क्रममा जसपा नेपालका युवा, विद्यार्थी र सुरक्षाकर्मी बिच सामान्य झडपसमेत भएको छ ।

मधेस प्रदेशमा १२ मन्त्रालय रहेको र हालको विवादको मुख्य कारण मुख्यमन्त्री सिंहले जम्बो मन्त्रिपरिषद् गठन गर्नु रहेको छ ।

यस निर्णयपछि मुख्यमन्त्री सिंह विवादित बनेका छन् र उनीसँग आफ्नो पार्टीले पनि स्पष्टीकरण सोधेको छ ।

Back to top