×

वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १३ राधेमाइमा घर निर्माणको क्रममा करेन्ट लागेर एकजना मजदुर घाइते भएका छन्। पर्सा प्रहरीले दिएको जानकारी अनुसार, घाइते हुनेमा बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ निवासी इम्तियाज मियाँ तेली रहेका छन्।

घटना घरको ढलान गर्ने क्रममा अचानक करेन्ट लाग्दा भएको हो। पर्सा प्रहरी प्रवक्ता दीपक भारतीका अनुसार, घाइते तेलीको अवस्था सामान्य रहेको छ र उनको उपचार जिल्ला अदालत रोडस्थित निलकण्ठ अस्पतालमा भइरहेको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Back to top