×

वीरगञ्ज । वीरगञ्जस्थित जीएचपी माद्यामिक विद्यालयकी लेखापालको मृत्यु प्रकरणमा प्रहरीले तीव्र गतिले अनुसन्धान भइरहेको छ ।

पिएचजी विद्यालयकी प्रमुख लेखापालको रूपमा कार्यरत वीरगञ्ज महानगरपालिका १८ सुखचैनाकी ३० वर्षीय सुगन्धा रौनियारको मृत्युको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

चार वर्ष अघि अन्तरजातीय प्रेम विवाह गरेकी उनी घरमै पासो लगाएको अवस्थामा मृत फेला परेकी थिइन् ।

आत्महत्या हो वा हत्या गरिएको भन्ने विषय सनाखतको प्रतिवेदन प्राप्त भइसकेपछि खुल्ने जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले बताए । उनकाअनुसार घटना शङ्कास्पद हुन सक्छ ।

यद्यपि पोस्टमार्टम रिपोर्ट नआउँदा सम्म केही भन्न नमिल्ने उनको भनाई छ । बिहान ९ बजे आत्महत्या गरेको घटनाबारे दिउँसो २ बजे प्रहरीले सूचना पाएपछि आशङ्का उब्जिएको छ ।

Back to top