वीरगञ्ज। नेपाल विश्व हिन्दु महासङ्घले बङ्गलादेशमा हिन्दु समुदायमाथि भइरहेको हिंसात्मक घटनाहरूको विरोधमा बङ्गलादेश एम्बेसीमा ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्र बुझाउने क्रममा महासङ्घका अध्यक्ष शंकर पौडेल, वरिष्ठ उपाध्यक्ष विजय प्रकाश निषाद, र उपाध्यक्ष मेनुका ढकाल सहभागी हुनुहुन्थ्यो।
महासङ्घको तर्फबाट विजय प्रकाश निषादले बङ्गलादेशमा हिन्दु समुदायमाथि भइरहेको अत्याचारका घटनाहरूबारे जानकारी गराउँदै नेपालका हिन्दुहरूको गहिरो चिन्ता व्यक्त गर्नुभएको थियो। उहाँले बङ्गलादेशको नवनिर्मित प्रधानमन्त्रीलाई स्पष्ट सन्देश पठाउँदै हिन्दु समुदायको सुरक्षाका लागि ठोस कदम चाल्न माग गर्नुभएको छ। ज्ञापन पत्रमा बङ्गलादेशमा हिन्दु समुदायमाथि भएको आक्रमणका घटनाहरूको छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आग्रह गरिएको छ।
महासङ्घले प्रस्तुत गरेको ज्ञापन पत्रमा आठवटा प्रमुख माग समेटिएका छन्, जसमा हिन्दु समुदायको धार्मिक स्वतन्त्रता, सम्पत्ति सुरक्षा, र सांस्कृतिक अधिकारको संरक्षणलाई प्राथमिकता दिइएको छ। महासङ्घले बङ्गलादेश सरकारलाई हिन्दु समुदायमाथि भइरहेको हिंसाको अन्त्य गर्न तथा दोषीलाई कडा कारबाही गर्न आग्रह गरेको छ।
ज्ञापन पत्र बुझ्दै बङ्गलादेशका एम्बासडरले उक्त मागहरूलाई बङ्गलादेशको नवनिर्मित प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। महासङ्घले बङ्गलादेश सरकारलाई हिन्दु समुदायको सुरक्षाका लागि तत्काल प्रभावकारी कदम चाल्न अपिल गरेको छ।