×

पेरिस । ओलम्पिकको ३३ औँ संस्करण पेरिस २०२४ समापन भएको छ । समापन समारोहमा खेलकुद, चलचित्र र सङ्गीत क्षेत्रका स्टारहरू एकसाथ देखिए।

paris olympic (1)

मोटरसाइकलमा प्रस्थान गर्नु अघि अभिनेता टम क्रुज अमेरिकी सहर लस एन्जलसलाई हस्तान्तरण गरिने ओलम्पिक झन्डा सङ्कलन गर्न स्टा डे फ्रान्सको छतबाट ओर्लिए, जहाँ सन् २०२८ मा अर्को संस्करण आयोजना हुनेछ।

रेड हट चिली पेपर, बिली आइलिस, स्नुप डग र डा ड्रे लगायतले कार्यक्रममा प्रस्तुति दिए । आफ्नो समापन भाषणमा, अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) अध्यक्ष थोमस बाचले यसपटकको ओलम्पिक ‘सनसनीपूर्ण’ रहेको बताए ।

paris olympic (20)

२६ जुलाई मा सिने नदीको किनारमा उद्घाटन समारोहबाट सुरु भएको खेलहरूमा सहयोग गर्ने ४५ हजार स्वयंसेवकहरूको लागि पनि विशेष प्रशंसा गरिएको थियो।

paris olympic (19)

अमेरिकाले अन्तिम पदक तालिकाको शीर्ष स्थान कब्जा जमायो । अमेरिकाले ४० स्वर्ण, ४४ रजत र ४२ कांस्य पदकसहित कूल १ सय २६ पदक जित्यो । उता, चीनले पनि समान ४० स्वर्ण पदक जिते पनि उसको कूल पदक ९१ मा सीमित रह्यो । चीनले २७ रजत र २४ कांस्य हात पार्‍यो ।

paris olympic (9)

तेस्रो स्थानमा रहेको जापानले कूल ४५ वटा पदक जित्यो । यसमा २० स्वर्ण, १२ रजत र १३ कांस्य पदक समावेश छन् । यस्तै, १८ स्वर्ण पदकसहित अस्ट्रेलिया चौथो स्थानमा रह्यो । टोलीले १९ रजत र १६ कांस्य पदकसहित कूल ५३ वटा पदक जित्यो ।

paris olympic (2)

आयोजक फ्रान्सले पाँचौँ स्थान कब्जा गर्न सफल भयो । फ्रान्सले १६ स्वर्ण, २६ रजत र २२ कांस्यसहित कूल ६४ वटा पदक हात पार्‍यो ।

paris olympic (3)

अब सन् २०२४ को प्यारालम्पिक फ्रान्सको राजधानीमा २८ अगस्टदेखि ८ सेप्टेम्बरसम्म हुनेछ ।

paris olympic (4)paris olympic (5)paris olympic (6)paris olympic (7)paris olympic (8)paris olympic (10)paris olympic (11)paris olympic (12)paris olympic (13)paris olympic (14)paris olympic (15)paris olympic (17)paris olympic (18)

Back to top